नेकपा रुपन्देहीका दुई हजार बढी नेता कार्यकर्ताले दिए राजीनामा

नेकपा रुपन्देहीका दुई हजार बढी नेता कार्यकर्ताले दिए राजीनामा

वुटवल । नेकपा रुपन्देहीका दुई हजार बढी नेता कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्। राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र  सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।  

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए। 

पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गरेकोले यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए।  उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे।