नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिपरिषद् पुनर्गठनबारे के भयाे निर्णय ?

नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रिपरिषद् पुनर्गठनबारे के भयाे निर्णय ?

काठमाडौं । नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै निर्णय नभएको बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपालबीच तत्काललाई खाली ३ मन्त्रालयमा ३ मन्त्री थप्ने र मन्त्रिपरिषद् पुर्नगठन दशैं पछिमात्र गर्ने सहमति भएकोले आजको बैठकमा त्यसबारे छलफल नभएको बताइन्छ । 

सचिवालय बैठकले डा। गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । उनीसँग सरकारले गरेको सम्झौता मूलभूत रूपमा कार्यान्वयन भइसकेको र कतिपय कार्यान्वयनका क्रममा अगाडि बढिरहेकाले कोरोना संक्रमणको जटिल स्थितिलाई मध्यनजर गर्दै अन्य विषयमा पछि छलफल गर्ने गरी बैठकले अनशन तोड्न आग्रह गरेको हो ।


श्रेष्ठले सबै विषयमा एकसरो छलफल भएको बताउँदै दुई अध्यक्षको गृहकार्यपछि पुनः अर्को बैठक बस्ने जानकारी दिए ।