मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १८ सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् ।