मुख्यमन्त्री शाहीले नेकपा कर्णालीका प्रमुख सचेतकलाई गरे  निलम्बन

मुख्यमन्त्री शाहीले नेकपा कर्णालीका प्रमुख सचेतकलाई गरे  निलम्बन

काठमाडौं । कर्णाली प्रदेशका नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ। संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक  शाहलाई पदबाट हटाएका हुन्। उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ।

यससँगै प्रमुख सचेतक शाहले मंगलबारको लागि बोलाएको संसदीय दलको बैठक अन्योलमा परेको छ। नेकपाका बहुमत सांसदहरुले मुख्यमन्त्रीविरुद्ध आइतवार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेकोले संसदीय दलको बैठक बोलाईएको थियो । 

दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । कामकाज सन्तोषजनक नभएकोले प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाइएको उनले बताएका छन्। यसअघि संसदीय दलको नेताको हैसियतमा आफूले विधान अनुसार प्रमुख सचेतकमा शाहलाई नियुक्त गरेको र अहिले काम सन्तोषजनक नभएकाले हटाइएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएको छ।

नवनियुक्त प्रमुख सचेतक नेपालीले नयाँ जिम्मेवारी आएसँगै सबै पक्षसँग छलफल गरी बैठक आह्वान गर्ने प्रतिक्रिया दिइन्। शाह यामलाल कँडेल (पूर्वएमाले) निकट र नेपाली मुख्यमन्त्री शाही (पूर्वमाओवादी) निकट हुन्।