काठमाडौं । कर्णाली प्रदेशसभामा नेकपाका सचेतक गुलावजंग शाहले अल्पमतमा परिसकेका मुख्यमन्त्री एवं दलको नेताले आफूलाई हटाउने निर्णय गर्न नसक्ने दावी गरेका छन् । भोलि बस्ने नेकपा संसदीय दलको बैठकले संसदीय दलको नेताको सम्बन्धमा निर्णय गर्ने उनले बताए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदीय दलको प्रमुख सचेतकबाट हटाएपछि प्रतिक्रिया दिँदै सचेतक शाहले प्रमुख सचेतक हटाउन एक चौथाइ सांसदको हस्ताक्षर चाहिने बताएका हुन् । उनले मंगलवार आफ्नो अध्यक्षमा बैठक डाकिएको र त्यसलाई प्रभावित पार्न मुख्यमन्त्री शाहीले आफूमाथि एक्सन लिएको बताए ।
हिजो नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरेका थिए । त्यसको भोलिपल्ट शाहीले प्रमुख सचेतकबाट शाहलाई हटाएर सीता नेपालीलाइ नियुक्त गरेका थिए । नेकपा संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ ।