नेकपा कर्णाली प्रदेशको सचेतकमा नेपाल पक्षका कुर्मराज शाही नियुक्त, मन्त्रिपरिषद पुनर्गठनको तयारी

नेकपा कर्णाली प्रदेशको सचेतकमा नेपाल पक्षका कुर्मराज शाही नियुक्त, मन्त्रिपरिषद पुनर्गठनको तयारी

काठमाडौं । नेकपा कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचेतकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता शाहीलाई नियुक्त गरेका हुन्। 

यसअघि सचेतक भएकी सीताकुमारी नेपालीलाई सोमबारै प्रमुख सचेतक नियुक्त गरिएको थियो । प्रदेश मन्त्रिपरिषद पुनर्गठनबारे भने अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको छलफलपछि मात्रै टुंगो लाग्ने सांसद विन्दमान विष्टले बताए।

‘अहिले अध्यक्ष ओली र प्रचण्डवीच बालुवाटारमा छलफल चलिरहेको छ’ विष्टले भने, ‘उहाँहरुको  छलफलबाट जस्तो सहमति हुन्छ त्यसै अनुसार मन्त्रिपरिषद पुनर्गठन हुन्छ होला ।’ मुख्यमन्त्री शाहीको अविस्वास प्रस्ताव फिर्ता हुने भएपछि मन्त्रीको भागवण्डामै सहमति खोजिने भएको छ। अध्यक्षद्वय ओली तथा प्रचण्ड र नेपाल पक्षका नेताहरुलाई समेट्ने गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिएको छ।