काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ आज बिहान साढे ११ बजेका लागि तय भएको छ ।
मन्त्रीहरूलाई बिहान साढे ११ बजे विशेष समारोहका बीच शपथ गराउने तयारी भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।
यसक्रममा विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको छ ।
यस्तै ईश्वर पोखरेल रक्षाबाट प्रधानमन्त्री कार्यालयमा तानिएका छन् भने पार्वत गुरुङको सरुवा महिला मन्त्रालयबाट सञ्चारमा भएको छ ।