काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको टिप्पणी गरेका छन् । थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्नुपर्ने पनि बताएका छन् ।
सामाजिक सञ्जालमार्फत थापाले भारत र चीनसँगको संवन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणनीतिको आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् । सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको उनको टिप्पणी छ।
‘नेपालका लागि भारत र चीनसँगको सम्वन्धमा रणनीतिक सन्तुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले लेखेका छन्, ‘प्रमुख प्रतिपक्षी दलको अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बनौं । ’