राजदूतमा सिफारिस तीन जनाले लिए राष्ट्रपतिबाट सपथ

राजदूतमा सिफारिस तीन जनाले लिए राष्ट्रपतिबाट सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि सिफारिस भएका तीन जनालाई सपथ ग्रहण गराएकी छन्। सरकारबाट सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भएका तीन जनालाई राष्ट्रपति भण्डारीले आइतबार पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त सपथ गराएको राष्ट्रपति कार्यालयका सञ्चार सल्लाहकार टीका ढकालले जानकारी दिए। सरकारले बेल्जियमसहित युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम सिफारिस गरेको थियो।

राजदूतहरूले सम्बन्धित देशका राष्ट्रप्रमुखलाई ओहदाको प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था छ।