सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । यही शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठक सोमबार दिउँसो १ बजेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य सहभागी हुन कांग्रेसले आग्रह गरेको छ । यसअघि केही नेतालाई कोरोना देखिएपछि असोज १९ गतेको बैठक असोज २५ गतेका लागि सारिएको थियो । असोज २५ गते पनि केन्द्रीय समिति बैठक बस्न नसकेपछि कात्तिक २१ गतेका लागि सारिएको थियो ।

शीर्ष नेताहरुबीच केही विषयमा विवाद बढेकोले बैठक सरेको कांग्रेसका नेताहरुले बताएका छन् ।