काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु सहभागी नहुने भएका छन् । अध्यक्ष दाहालले आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरुलाई बोलाएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालले बोलाएको सचिवालय बैठक औपचारिक बैठक नभएको भन्दै त्यसलाई गुटको भेलाको संज्ञा दिएका छन् । थापाले भने,‘त्यो बैठक होईन, भेला हो । एउटा अध्यक्षलाई बैठक बोलाउने अधिकार छैन् । बैठक बोलाउनको लागि दुई अध्यक्षको सहमतिमा महासचिवले बोलाउने हो ।’
आजको बैठकमा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल पनि सहभागि नहुने बताइएको छ ।