आफैं सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड-नेपाल समूह

आफैं सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए। सो आग्रहको समयसिमा आज सकिएको छ । 

प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको बताएका छन्। उनले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुने पनि बताए। बहुमत सचिवालय सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउनु पर्ने पनि प्रचण्डले बताए।

प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड(नेपाल पक्षले गरेका छन्। उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्नेछ। जारी विवाद स्थायी कमिटीबाठ समाधान गर्ने प्रचण्ड नेपाल समूहको तयारी रहेको छ ।