वामदेव गौतमको नियुक्तिविरुद्धको रिटमाथि आज सुनुवाइ हुने

वामदेव गौतमको नियुक्तिविरुद्धको रिटमाथि आज सुनुवाइ हुने

काठमाडौं ।  नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भनी सर्वोच्च अदालतमा गरिएको रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले सो रिट सर्वोच्चमा दायर गरेका हुन्।

न्यायाधीश तथा अदालतमा कार्यरत् केही कर्मचारीहरुमा कोरोना भएको लगायतका कारण सो रिटमाथिको सुनुवाइ केहि दिनदेखि सरिरहेको थियो। प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट असोज १ गते सांसद मनोनित गरिएको थियो।

निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिट अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटोसमेत छेकिएको छ।