कोरोना संक्रमित चित्रबहादुर केसी गम्भीर, उपचारका लागि सहयोग उठाइने

कोरोना संक्रमित चित्रबहादुर केसी गम्भीर, उपचारका लागि सहयोग उठाइने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना संक्रमण भएको छ । निमोनिया रोगबाट ग्रस्त केसीलाई हिजो कोरोना देखिएको जनमोर्चा केन्द्रीय कार्यालयले जनाएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको जनमोर्चाका अध्यक्ष रश्मी राज नेपालीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 

लामो समय अस्पताल राखेर उपचार गर्नुपर्ने भन्दै जनमोर्चाले केसीको उपचारमा सहयोग गर्न अपील गरेको छ ।