काठमाडौं । नेकपा केन्द्रीय सदस्य एवं पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताको सम्पूर्ण आधार नष्ट गरेको आरोप लगाएका छन् ।
सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीप्रति संसदमा अविश्वासको प्रस्ताव ल्याउँदा प्रतिपक्षीले लगाउने जस्ता आरोप लगाएर एकताको आधार समाप्त पारेको बास्कोटाको आरोप छ।
‘अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो।’ बाँस्कोटाले फेसबुकमा प्रचण्डलाई प्रश्न गरेका छन्, ‘फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्नेरु मर्जी आफ्नै त हो१ु