नेकपा बैठकमा घम्साघम्सी, आजको बैठकमा सहभागी नहुने ओलीको चेतावनी

नेकपा बैठकमा घम्साघम्सी, आजको बैठकमा सहभागी नहुने ओलीको चेतावनी

काठमाडाैं । सत्तारुढ नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमा पुगेको छ । पार्टी एकतायताको सबैभन्दा तिक्तततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ । बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अधयक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको सचिवालयका एक सदस्यले बताए ।

बैठकमा ओलीले भने–आफ्नो लाञ्छनाको बुकलेटलाई तपाईंले जुन पार्टी कार्यालयको नाम र लोगो दुरुपयोग गर्नुभएको छ, तल तल पठाउनु भएको छ । तपाईंले कहाँको निर्णयले छाप्नुभयो ? यो अनुशासनको उलंघन हो । यसमा तपाईंलाई कारबाही किन नगर्ने ? यो तपाईंको निजी पार्टी होइन । निजी पार्टीमा पनि यसो गर्न मिल्दैन ।

यस्तै प्रचण्डले पनि ओलीलाई जवाफ दिए– हाम्रा पछाडि सीआईडी छोड्नुभयो । बाध्य भएर बैठकको अनुरोधको पत्र लेखियो । पत्रको जवाफ तपाईंले आरोपबाट सुरु गर्नुभयो । त्यसपछि जबाफ लेखेको हुँ । प्रस्ताव जे लेखिएको हो, त्यही लेखेर ल्याएको हो । यो लाञ्छना हो या सत्य पार्टी कमिटीले भन्ने हो, तपाईंले होइन । अझ, तपाईं को हो रु मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने ?
पत्रिकाले आजको बैठकमा ओली सहभागी नहुने खबर समेत आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।