राजेन्द्र लिङदेनको स्वास्थ्य अवस्था बुझ्न कमल थापा अस्पतालमा

राजेन्द्र लिङदेनको स्वास्थ्य अवस्था बुझ्न कमल थापा अस्पतालमा

काठमाडौं । अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अबस्था बुझ्न अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल  र  सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्था बारे जानकारी गराएका थिए । अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङदेनको स्वास्थ अबस्थामा उल्लेख्य सुधार भएको छ । लिङदेनको पुन: कोभिड परिक्षणका लागि स्वाब लिएको अस्पतालले जानकारी दिएको छ ।

अहिले लिङदेनलाई अक्सिजन दिन नपरेको बताइएको छ । कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुर एराहेका अध्यक्ष थापा काठमाडौं फर्किने क्रममा मेडिसिटी अस्पताल पुगेर पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहित अस्पताल पुगेर लिङ्देनको स्वास्थ अबस्था बुझेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

लिङ्देनलाईलाई विहिबार छातीमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा स्वास्थ्य अवस्थामा थप समस्या आएपछि नेपाली सेनाको नाइट भिजन हेलिकप्टरबाट विहिबार साँझ काठमाडौँ ल्याइएको थियो ।