काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हाइड्रोको सेयर सम्बन्धी विवादमा मुछिएपछि सुसन कर्मचार्यका परिवारले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । नेकपाका प्रबक्ता श्रेष्ठसँग जोडेर याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमानसिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् ।
आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको उनका पति लक्षमण कृष्ण राजभण्डारीले जानकारी दिएका छन् । सुसन प्रवक्ता श्रेष्ठको स्वकिय सचिवसमेत हुन् । आइतबार दिउँसो २ बजेबाट ३ः४५ सम्म श्रीमान लक्ष्मण किष्ण राजभण्डारी, श्रीमती सुसन र छोरीले प्रधानमन्त्रीलाई भेटेर वास्तविकता बताएका हुन् ।
ओलीले कमानसिंह लामले यस वारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र प्रचण्डले केही सहयोग गर्न सक्ने भन्दै त्यता कुरा गर्न सुझाव दिएका थिए ।