सभामुख संवैधानिक परिषद्को बैठकमा सहभागी नभएकोबारे सचिवालयले दियो यस्तो प्रष्टीकरण

सभामुख संवैधानिक परिषद्को बैठकमा सहभागी नभएकोबारे सचिवालयले दियो यस्तो प्रष्टीकरण

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा सहभागी नभएकोबारे सभामुख अग्नि प्रसाद सापकोटाको भूमिकामा प्रश्नट उठेपछि यसबारे सचिवालयले प्रष्टीकरण दिएको छ ।

सापकोटाको सचिवालयले एक विज्ञप्ति जारी गर्दै मंसिर २८ गतेको बैठकमा अर्कै पूर्वनिर्धारित कार्यक्रम भएकाले र आजको बैठकमा पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभाव रहेकाले अनुपस्थित रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा  राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको स्पष्ट मान्यता रहेको उल्लेख गरिएको छ ।