संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रिट पेश गरेका हुन्।

आज पेश भएको रिट सोमबार मात्रै दर्ता हुने बताइएको छ। ‘रिट पेश गरेका छौँ’, ओलीले  भने, ‘दर्ताको प्रक्रियामा छ। अध्ययन गरेर दर्ता गर्ने जानकारी सर्वोच्चबाट आएको छ।’ 

ओलीले आज विहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको लागि सिफासिरस गरेका थिए । उक्त सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरिसकेकी छिन् ।