प्रचण्ड-माधव पक्षका सात मन्त्रीले दिए राजीनामा

प्रचण्ड-माधव पक्षका सात मन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सातजना मन्त्रीले राजीनामा दिएका छन्। सिंहदरबारमा पत्रकार सम्मेलन गरेर ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्‍नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री बीना मगर, शिक्षा मन्त्री र श्रममन्त्री रामेश्‍वर यादवले पदबाट राजीनामा दिएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन्।

उनीहरू दुवै पूर्व माओवादी समूहबाट मन्त्री भएका थिए। पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट रहेका उनीहरु ओली समूहमा सक्रिय थिए ।