ओली निकट सांसदहरुको भेला आज हुँदै, नयाँ पार्टी गठनको तयारी !

ओली निकट सांसदहरुको भेला आज हुँदै, नयाँ पार्टी गठनको तयारी !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदहरुको भेला आज हुँदै छ । प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न सोमबार बैठक बोलाएका हुन् ।

ओलीले विहान नौ बजे विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक बोलाएका हुन् । बैठकले नयाँ पार्टी गठनको खाका तयार गर्ने स्रोतको दाबी छ । 

आज नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल कक्षका सांसदहरुको बैठक पनि बोलाइएको छ ।