प्रचण्ड-नेपाल पक्षको बैठकमा दुईतिहाई केन्द्रीय सदस्य उपस्थित

प्रचण्ड-नेपाल पक्षको बैठकमा दुईतिहाई केन्द्रीय सदस्य उपस्थित

काठमाडौं । प्रचण्ड-नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा दुईतिहाई केन्द्रीय सदस्य उपस्थित भएका छन् । बबरमहस्थित कार्की ब्यांकेटमा भएको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएको बताइएको छ ।

दुईतिहाई केन्द्रीय सदस्य रहेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका नौ वटा एजेन्डामा छलफल भएको छ ।

ओलीलाई कारबाही गर्दै माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय बैठकले गर्ने बताइएको छ।