युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गरिएको छ ।  सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा डा. खतिवडालाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

यसअघि संसदीय सुनुवाई समितिले उनलाई राजदूतमा सिफारिस गर्ने सम्बन्धी अनुमोदन पनि गरेको थियो ।