काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अन्ततः प्रधानमन्त्री केपी ओलीलाई नै समर्थन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको बादललाई दोस्रो वरियता दिने तयारी भएसंगै उनी ओली पक्षमा खुलेका हुन् ।
प्रधानमन्त्री ओलीसँग बुधबारको भेटमा उनले अव आफु खुलेर लाग्ने बताएको स्रोतको दावी छ । पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी भएका थिएनन्। उनि प्रचण्डको कोटाबाट गृहमन्त्री बनेपनि पछिल्लो समय सम्बन्ध भने उनको प्रधानमन्त्रीसंग निकट थियो । प्रचण्डले उनलाई विचमै गृहमन्त्रीबाट हटाउन खोजेपछि दुवै नेताबीच दुरी बढेको थियो ।
प्रधानमन्त्री ओलीको पार्टीमा उनलाई दोस्रो वरियताको नेता बनाउने गरी सहमती भएको छ । बादल निकट भनेर चिनिएका नेताहरु अधिकांश प्रचण्ड पक्षमा लागिसकेका छन् । बादल र उनका सल्लाहकार सुर्य सुवेदी ओली पक्षमा लाग्ने निश्चित भएको बताइएको छ ।