काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको आश्वासनपछि एकैदिनमा कित्ता परिर्वतन गरेका छक्कबहादुर लामा पुन: पुरानै कित्तामा फर्किएका छन् । उनले प्रेस वक्तव्य जारी गर्दै आफु पुरानै प्रचण्ड–नेपाल नेतृत्वको मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फर्किएको बताएका छन् ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सबैलाई छक्क पार्दै मत परिणाम आफनो पक्षमा पार्न सफल भएका छक्कबहादुरलाई जिल्लाका अगुवा नेता र कार्याकर्ताले साथ नदिएपछि पुरानै कित्तामा फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीको आश्वासनमा एकैदिनमा कित्ता परिवर्तन गरेपछि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज, विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, विद्यार्थी नेता जटिल कार्की, नवराज शाही, उनका स्वकीय सचिव नेत्र महतारालगायतले साथ नदिएपछि पुरानै कित्तामा फर्किएको बताए ।