प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त

प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त

विराटनगर । मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

मुख्यमंत्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई बर्खास्त गरेको जानकारी दिए । आङ्बोले २ वर्ष १० महिना काम गर्न दिएकोमा मुख्यमन्त्री राईलाई धन्यवाद दिएका छन् ।

नेकपा दुई समूहमा विभाजित भएपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको छ । मुख्यमन्त्री राई पूर्वएमाले र आङ्बो पूर्वमाओवादी हुन्र ।