काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा सर्वोच्च अदालतमा नेकपा नाम विवादको मुद्दा पेशीमा चढेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको ईजलासमा पेशी रहेको छ।
२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै ऋषिराज कट्टेलले मुद्दा दायर गरेका थिए। ३ वर्षदेखि विचाराधीन उक्त मुद्दा अन्तिम फैसलाका लागि पेशी चढेको हो।
सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ । यदि सर्वोच्चले कट्टेलको हुने ठहर गरेमा दुई पार्टी एकीकृत भइ बनेको पार्टीको नाम बदर हुने छ।
सर्वोच्चले पहिलो सुनुवाइ गर्दै सबै विपक्षीलाई अदालत उपस्थित हुन पनि आदेश गरेको थियो।