काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।
प्रचण्ड-नेपाल पक्षका बागमती प्रदेश सांसदको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो। शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरि उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेश सभामा दर्ता गरिसकेको छ।
प्रचण्ड-नेपाल समूहमा ४६ सांसद छन्। मुख्यमन्त्री पौडेल पक्षमा ३४ सांसद छन्। बहुमतका लागि थप १० सांसद प्रचण्ड-नेपाल समूहलाई आवश्यक पर्दछ।