काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित दाहाललाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबूकमार्फत दिएकी छन् । 'मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,' उनले फेसबूकमा लेखेकी छन् ।