काठमाडौं । प्रधामनमन्त्रीको आगमनलाई लिएर बबरमहलको कार्की ब्यांक्वेट क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। कार्की ब्यांक्वेटको पार्किङ्ग क्षेत्र झण्डायुक्त गाडीलाई मात्र प्रयोग गर्न दिइएको छ।
कालो मास्क लगाएका व्यक्तिहरुलाई प्रहरीले भित्र प्रवेश गर्न दिएको छैन। विरोधी गतिविधि हुनसक्ने भएकाले सुरक्षाकर्मीले सतर्कता अपनाएका हुन्।
कार्की ब्यांक्वेटमा नेकपा ओली खेमाको सुदूरपश्चिम स्तरीय भेला भइरहेको छ। कार्यक्रममा ओलीले सम्बोधन गर्ने तयारी भैरहेको छ ।