काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय कमिटीको बैठक सोमवार बस्ने भएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध जारी आन्दोलनका कार्यक्रमको समीक्षा र भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरलाई जानकारी दिए ।
बैठक कार्की ब्यांक्वेट बवरमहलमा सोमवार बिहान ११ बजे बस्ने उनले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा विरोध सभाको तयारी गरेको छ ।