काठमाडाैं । खानेपानीमन्त्री मणी थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीसँग भेट गरेका छन् । मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।
नेकपाका तत्कालीन मध्यकमाण्ड इन्चार्जसमेत रहेका नेता ओलीलाई ललितपुर जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।
काठमाण्डुस्थित एनसेलको मुख्यालयमा बम बिष्फोट गराएको आरोपमा सुदर्शनलाई प्रहरीले पक्राउ गरेको थियो ।