ओली समूहले युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

ओली समूहले युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो । सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले सापकोटा प्रचण्ड–माधव समूहमा लागेको संयोजकबाट हटाएको हो । 

नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने सहमति जुट्न सकेको छैन । किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कटवालले पनि नेतृत्वमा दाबी गरेपछि नयाँ नेतृत्व चयन हुन भने सकेको छैन । ‘संयोजकबाट हटाइएको छ, तर कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको छ’, कटवालले भने । नेतृत्वमा सहमति नजुटे पदाधिकारी मोडेलमा जाने तयारी गरेको छ ।

यो समूहले यसअघि प्रेस संगठन नेपालको नेतृत्वबाट महेश्वर दाहाललाई हटाएको थियो । विद्यार्थीमा भने यो समूहकै संयोजक भएकाले नयाँ नेतृत्व चयन गरिएको छैन ।