काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। निर्वाचनबारे छलफलका लागि आयोग आइपुगेको बताइएको छ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल पनि आयोगमा आइपुगेका छन्। आयोगमा यसअघि अर्थमन्त्री विष्णु पौडेल र नेता सुवाष नेम्वाङ आइपुगिसकेका थिए।
सरकारले बैशाख १७ र बैशाख २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ। यता नेकपामा भने पार्टी विभाजनको विवाद कायमै छ।