काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी नेकपा प्रचण्ड–नेपाल समूहतिर जान लागेको कुप्रचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
मन्त्रीका प्रमुख स्वकीय सचिव लिला जिसीद्वारा बिहीवार जारी प्रेस विज्ञप्तिमा भ्रम र कुप्रचारका पछि नलाग्न आग्रह गरिएको छ ।
‘माननीय मन्त्री टोपबहादुर रायमाझी प्रचण्ड–माधव समूहमा आउँदैछन् भनी प्रचण्ड–माधव समूहद्वारा गरिएको कुप्रचार निराशा भएपछिको उपज हो भन्ने हामी ठान्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘दूरदर्शी, लोकप्रिय कार्यहरूबाट अत्तालिएर मूलधारभन्दा बाहिर सडकमा रहेका र पद विना रहनै नसक्ने केही नेताहरू र उहाँरूबाट सञ्चालित केही मिडिया र सामाजिक सञ्जालहरूमा आम जनतामा भ्रम फैलाउने गरी गरिएको दुष्प्रचारप्रति खेद व्यक्त गर्दछौं ।’
