कांग्रेस र मालेका नेता नेकपा ओली समूहमा प्रवेश

कांग्रेस र मालेका नेता नेकपा ओली समूहमा प्रवेश

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा ओली समूहले नेपाली कांग्रेस र नेकपा मालेका २ जना नेतालाई पार्टीमा स्वागत गरेको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा दाङ जिल्ला कार्यसमिति सदस्य भेषराज खत्री र मालेका केन्द्रीय सदस्य लिला विक नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेकपा नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । बुटवलमा भएको पार्टी प्रवेश कार्यक्रममा नेत्री शान्ता चौधरीको समेत उपस्थिति रहेको थियो ।