अदालतको अवहेलना मुद्दा– चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालतमा

अदालतको अवहेलना मुद्दा– चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालतमा

काठमाडाैं । अदालतको अवहेलना मुद्दामा लिखित जवाफ लिएर चारजना पूर्व प्रधानन्यायाधीशहरू सर्वोच्च अदालत पुगेका छन् ।  पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमवार सर्वोच्च अदालत पुगेका हुन् । 

अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । 

न्यायाधीश मनोजकुमार शर्माको इजलासले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । 

प्रतिनिधि सभा विघटनका विरुद्धमा चार पूर्व प्रधानन्यायाधीशले विज्ञप्ति प्रकाशित गरेका थिए ।