'संसद् विघटन खारेज हुने देखिएपछि प्रधानमन्त्रीले बोली फेरे'

'संसद् विघटन खारेज हुने देखिएपछि प्रधानमन्त्रीले बोली फेरे'

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधि सभा विघटनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलि फेरेको बताएका छन्। रिट निवेदकको तर्फबाट जवाफी बहस गर्दै थापाले आफ्ना कानून व्यवसायीको बहसपछि ओलीले बोलि फेरेको बताए।

प्रधानमन्त्री ओलीले फागुन १ गते बुटवलको कार्यक्रममा विटघन सदर नभए मन्त्रिपरिषद् बन्न सक्दैन र अस्थिरता हुन्छ भनेको स्मरण गर्दै थापाले फैसला फरक आउने अनुमानपछि प्रधानमन्त्रीबाट यस्तो टिप्पणी आएको दाबी गरे। 

वरिष्ठ अधिवक्ता थापाले पाँच न्यायाधीशले गर्ने फैसला अन्तिम हुने भएकाले मान्य हुने बताए। उनले न्यायाधीशहरूलाई ऐतिहासिक अवसर रहेको दाबी पनि गरे। उनले विगतमा पटक–पटक संसद विघटन भएकाले अहिलेको संविधानमा विघटनको व्यवस्था हटाइएको जिकीर गरे।