नेपालमा भाजपाको सरकार बनाउने भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति भीम रावलले दिए यस्तो चेतावनी

नेपालमा भाजपाको सरकार बनाउने भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति भीम रावलले दिए यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले हालै भारतीय मुख्यमन्त्रीले दिएको अभिव्यक्ति नेपालीलाई सैह्य नहुँने चेतावनी दिएका छन् । 

भारतीय गृहमन्त्रीको भनाइ उदृत गर्दै ती मुख्यमन्त्रीले नेपालमा भारतीय जनता पार्टी (भाजपा) सरकार बनाउन चाहेको जनाएका थिए ।

नेता रावलले मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्, ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ । यो प्रम केपीको वालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो । नेपाल विरोधी कुनै पनि काम कुरा देशभक्त नेपालीलाई सैह्य छैन ।’