कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकको एजेण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकको एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पुस ५ गते सुरु भएको बैठक प्रतिनिधिसभा विघटन विरुद्धको विरोध कार्यक्रमका कारण स्थगित हुँदै आएको छ। 

स्थगित भएर फेरि सुरु हुँदा बैठकका एजेण्डा पनि थप हुँदै आएका छन् । आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनलाई मुख्य मुद्दा बनाइएको छ । आगामी ७ गतेका लागि गत वर्ष तय गरेको महाधिवेशन अहिलेसम्म सारिएको सूचनासमेत नगरिएकाले त्यही विषय प्राथमिक बनाइएको छ। 

यस्तै कांग्रेसको जारी विरोधको कार्यक्रम पनि राष्ट्रियस्तरमा गर्ने कांग्रेसको तयारी छ।