विराटनगरमा आज ओली समूहको शक्ति प्रदर्शन, यी नेताहरुले गर्नेछन् सम्बोधन

विराटनगरमा आज ओली समूहको शक्ति प्रदर्शन, यी नेताहरुले गर्नेछन् सम्बोधन

विराटनगर । सत्ताधारी दल नेकपा ओली समुहले  विराटनगरमा शक्ति प्रर्दशन सभा आयोजना गर्दैछ ।  विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको  खाली मैदानमा नेकपा ओली समुहले आज प्रदेश १ स्तरीय शक्त्ति प्रदर्शन सभा गर्न लागेको हो । 

प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गर्ने आजको सभाका लागि सभास्थलमा आर्कषक मञ्च निर्माण गरिएको छ ।  सभामा प्रदेश भरिबाट  एक लाख बढि कार्यकर्ताहरु सहभागी हुने आयोजक नेकपा मोरङ ओली समुहको  दाबी  छ । 

सभालाई गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने आयोजकले जानकारी गराएका छन । सभा अगाडि विराटनगरका विभिन्न क्षेत्रबाट र्‍याली प्रर्दशन गर्ने कार्यक्रम छ । 

सत्ताधारी दल नेकपा ओली समुहलाई सर्मथन जुटाउन आयोजना गरिएको आजको  शक्ति प्रर्दशन सभालाई सफल बनाउन युवाहरुले बिहीवार र शुक्रबार मोटरसाइकल ¥याली  मार्चपास कार्यक्रम सम्पन्न गरिसकेका छन् ।  प्रधानमन्त्री, गृहमन्त्री र  मुख्यमन्त्री सहभागी हुने भएकोले विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।