काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताएका छन् ।
‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नुपर्ने उनको भनाइ छ ।
सँगै, अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने उनले बताए । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।