काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा आयोजना गरेको विजयी र्याली शुरू भएको छ ।
काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजेदेखि विजय र्याली शुरू भएको हो । विजय र्यालीमा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले खुसीयाली मनाइरहेको छ ।