आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबिच विवाद,  बाक्लो सङ्ख्यामा प्रहरी परिचालन

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबिच विवाद,  बाक्लो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी समूह पक्षबिच झडप हुने सम्भावना  भएको भन्दै ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। आज बिहान नेकपा ओली समूह र प्रचण्ड-माधव नेपाल समूहका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झडप हुने आशङ्कामा प्रहरी परिचालन गरिएको हो।

'दुई समूहका विद्यार्थीहरु बिच झडप भएको सूचना आएको छ। हाम्रो टोली पुगिसकेको छ। थप जानकारी आउँदै छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने। यसअघि फागुन ३ गते पनि दुई समूहका विद्यार्थी बिच झडप भएको थियो। झडपमा केही विद्यार्थी घाइते भएका थिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा भित्र दुई समूह देखिएका छन्। पार्टी निकटा विद्यार्थीहरु पनि विभाजित भएका छन्।