विप्लव समूहसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली

विप्लव समूहसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली

काठमाडाैं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठन गरेको छ। सञ्चार तथा सूचना मन्त्रालयले केहीबेरमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिने स्रोतले बतायो।

दुई वर्षअघि सरकारले विप्लव समूह हिंसात्मक भएको भन्दै उसका गतिविधि प्रतिबन्ध गरेको थियो। प्रतिबन्धपछि विप्लव समूहका थुप्रै नेता(कार्यकर्ता पक्राउ परेका छन्। कतिपय नेता अहिले जेलमा छन्। केही समयअघि विप्लव समूहले प्रतिबन्ध फुकुवा गरे आफूहरू वार्तामा बस्न तयार रहेको बताएको थियो।

यता विप्लव नेकपाले पनि वार्ता टोली गठनको तयारी  गरेको छ । प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ ।