विप्लवसँग सहमति भएपछि प्रधानमन्त्री ओलीको झापा आउने कार्यक्रम स्थगित

विप्लवसँग सहमति भएपछि प्रधानमन्त्री ओलीको झापा आउने कार्यक्रम स्थगित

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउने कार्यक्रम स्थगित भएको छ। प्रधानमन्त्री ओली यसैसाता तेस्रो पटक झापा आउन लागेका थिए।  भोलि शुक्रबार अर्थात् फागुन २१ गते ४८ औं सुखानी शहीद दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाले आयोजना गर्न लागेको बृहत् जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली झापा आउने कार्यक्रम तय भएको थियो।

भोलि नै विप्लव नेतृत्वको नेकपासँग भएको सहमति सार्वजनिक गर्ने र संगुक्त कार्यक्रम गर्ने सहमति भएकोले ओलीको झापा जाने कार्यक्रम स्थिगित भएको बुझिएको छ । 

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्लगायत झापा आउन लागेपछि ओली समूहका नेकपाले प्रचारप्रसार तीव्र पारेका थिए। नेकपा झापाले बुधबार बिर्तामोडस्थित हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारीसमेत गराएका थिए। अन्ततः प्रधानमन्त्री ओली नआउने भएपछि बिर्तामोडमा आयोजना गर्न लागिएको बृहत् जनसभाको कार्यक्रम स्थगित गर्नु परेको प्रदेश सांसद वसन्त बानियाँले जानकारी दिए।