काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका दुई सांसद दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका छन्।
सांसद माया ज्ञवाली र गंगा चौधरी नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्। उनीहरु यसअघि ओली समूहमा रहेका थिए।
नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त समूहको संसदीय दलको बैठक बसेको छ। बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।
दलको नेता छान्न ज्येष्ठ सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा शुक्रबार संसदीय दलको बैठक बसेको थियो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनर्स्थापना भएपछि सो समूहले विधिवत् रूपमा दलको नेता छानेको हो ।