सभामुखलाई भेटेपछि प्रचण्ड नेपाल समूहले तय गयो यस्तो रणनीति

सभामुखलाई भेटेपछि प्रचण्ड नेपाल समूहले तय गयो यस्तो रणनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै पुगेर दाहाल–नेपालले सापकोटासँग भेट गरेका हुन्। 

आज अपरान्ह चार बजे संसद बैठक बस्दै छ। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरतमा प्रचण्ड(नेपाल समूह रहेका बेला दुवै अध्यक्ष सभामुखसँग भेट गरेर फर्केका हुन्।

सभामुख सापकोटाले प्रचण्ड नेपाललाई प्रधानमन्त्रीविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भएकोले त्यसलाई नै निरन्तरता दिन सुझाव दिएको बताइन्छ । 

प्रचण्ड नेपाल समूहले ओलीलाई विश्वासको मत लिन चुनौति दिने रणनीति लिने भएको छ ।