एमाले र माओवादीलाई पार्टी एकीकरणका लागि आह्वान गर्दै निर्वाचन आयोग

एमाले र माओवादीलाई पार्टी एकीकरणका लागि आह्वान गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मंगलबार पत्र काट्ने तयारी गरेको छ। आयोगका सहप्रवक्ता सूर्य अर्यालले सर्वोच्च अदालतको फैसला प्राप्त भइसकेको र त्यसबारे छलफल गर्न मंगलबार पदाधिकारीको बैठक बस्ने बताए।

उनले भने, ‘हामी बैठक बस्दै छौँ । सर्वोच्चको फैसला कार्यान्वयका लागि आज आयोगले निर्णय गर्छ।’ २०७५ जेठ २३ मा एमाले र माओवादी केन्द्र एकीकृत भइ बनेको दलको नाम नेकपा रहने गरि आयोगले दिएको स्वीकृति गएको आइतबार सर्वोच्च अदालतले बदर गरेको थियो।

सर्वोच्चले दल एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, नियम र संविधान अनुसार पुनः आह्वान गर्न आयोगलाई परमादेश जारी गरेको थियो। सोही अनुसार मंगलबार बैठक बसी फैसला कार्यान्वयनका लागि एमाले र माओवादी केन्द्रलाई पत्र काट्ने तयारी भएको सहप्रवक्ता अर्यालले बताए।